५५ जनाको पदाधिकारी बनाउने तयारी भएपछि क्रान्तिकारीमा झड्प,नेतृत्व चयनमा विवाद बढ्यो

५५ जनाको पदाधिकारी बनाउने तयारी भएपछि क्रान्तिकारीमा झड्प,नेतृत्व चयनमा विवाद बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा झड्प भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षमा पंन्चा सिंहलाई जिम्मेवारी दिने निर्णय गरेपछि प्रतिनिधीहरुले त्यसमा असन्तुष्टि जनाएका छन् ।

सोमबार बन्दसत्रमा झडप हुनुका साथै कुर्सी समेत तोडफोड भएको छ । अध्यक्षका प्रत्याशीहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय माओवादीले गरेपनि अन्य पदाधिकारीमा भने अझै मिलेको छैन ।

बन्दसत्रमा रहेका प्रतिनिधीहरुले सिंहलाई नेता नमान्ने भन्दै्र नाराबाजी गरेका छन् । माओवादी केन्द्रका नेता हितमान शाक्यले अध्यक्ष सिंहको नाम मात्र घोषणा गरेपछि उनिहरुले त्यसमा असन्तुष्टि जनाएका हुन । प्रतिनिधीहरुले अरु पदाधिकारीहरुको पनि टुंगो लगाउनुपर्ने माग गरको छन् ।

अखिल क्रान्तिकारीमा अध्यक्षमा सहमति भएपनि अन्य पदाधिकारीमा भने विवाद छ । सम्मेलनले २२ जना पदाधिकारी र १ सय ९९ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । तर, पार्टी नेतृत्वले ५५ जनाको पदाधिकारी बनाउने तयारी गरेपछि हलमा त्यसको विरोध भएको थियो ।

महासचिव नेता दिपेश पुनको नाम आएपनि अहिलेसम्म सहमती भने नभएको बताइएको छ ।