अखिल क्रान्तिकारीले गर्‍यो उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई कारबाही


काठमाण्डु – नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले पार्टीका उपाध्यक्षसहित ९ जनालाई कारबाही गरेकाे छ ।

संगठनविरोधी गतिविधि गरेको भन्दै आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको हो ।

अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले उनीहरुलाई अनिश्चितकालका लागि निलम्बन गरिएको जानकारी दिए । अखिल क्रान्तिकारीको आइतबारको बैठकमा उपाध्यक्ष कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement