अखिल क्रान्तिकारीले धान रोपेर मनायो असार १५

अखिल क्रान्तिकारीले धान रोपेर मनायो असार १५

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार काठमाण्डुमा धान रोपेर असार १५ अर्थात धान दिवस मनाएको छ ।

काठमाण्डुको तारकेश्वर स्थित एम. डि. एस बहुउद्देशीय कृषि केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँगै धान रोपेर क्रान्तिकारीले धान दिवस मनाएको हो ।

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, महासचिव दिपेश पुन सहितका नेता कार्यकर्ताहरूले धान रोपेर असार १५ मनाएको यादव ढुंगानाले बताए ।

विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि ओेपचारिक रुपमै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । नेपाली कृषकहरू वर्षभरका लागि खाद्यान्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिने चलन छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला,’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गर्ने प्रचलन रही आएको छ ।

गर्मीको यो समय रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्ने गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा छ ।