काठमाण्डु– नेकपा माओवादी केन्द्रको भातृ संघठन अखिल क्रान्तिकारीको अध्यक्षमा पंचा सिंह चयन भएकी छन् । सिंह लामो समयदेखी विद्यार्थी आन्दोलनमा संलग्न नेतृ हुन । उनि अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष समेत बन्न सफल भएकी हुन । अखिल क्रान्तिकारीको अध्यक्षको लागी सिंहसहित,सुरेन्द्र बस्नेत,तिलकराज भण्डारी, दिपक दिपकोटा, विजय गौतम र उत्तम अधिकारी दावेदार थिए । अखिल क्रान्तिकारीले नयां नेतृत्व चयनका लागी काठमाण्डुमा सम्मेलनको आयोजना गरेको थियो ।
तर, सम्मेलनले नयां नेतृत्व चयन गर्न नसकेपछि नेतृत्व चयनको जिम्मा पार्टी नेतृत्वलाई दिएको थियो । शनिवार क्रान्तिकारीको नेतृत्व चयनका विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी समिति बैठक समेत बसेको थियो । बैठकमा सहमती जुट्न नसकेपछि नेतृत्व चयनको जिम्मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय माओवादीले गरेको थियो ।
माओवादीमा पछिल्लो समय वाईसिएलको नेतृत्वको चयन समेत प्रचण्डले गरेका थिए । माओवादीमा सम्मेलनको आयोजना गर्ने अनि नेतृत्व चयनको जिम्मा भने प्रचण्डलाई दिने कामप्रति भने पार्टीभित्र असन्तुष्टि छाएको छ ।
अखिल क्रान्तिकारीको सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीभित्र गुटबन्धी बढेको भन्दै असन्तुष्टि पा्ेखेका थिए । उनले नेता जनार्दन शर्मालाई संकेत गर्दै पार्टीमा गुटबन्दी बढेको र आफुले नेतृत्व तत्काल हेण्डओभर नगर्ने स्पष्ट पारेका थिए । त्यसअघि जनार्दनका प्रतिस्पर्धी नेताहरु कृष्णबहादुर महराले माओवादीभित्रको गुटबन्धीले प्रचण्डले समस्या भएको अभिव्यक्ति दिएका थिए भने नेता वर्षमान पुनले समेत अध्यक्ष प्रचण्डको वरिपरी गोलबन्द हुन आग्रह गरेका थिए । त्यसपछि प्रचण्ड निकट अरु नेताहरुले समेत प्रचण्डकै पछाडी लागेर सामाजिक संजालमा जनार्दनविरुद्ध स्टाटस लेख्न थालेका छन् ।
तर, आईतबार माओवादी अध्यक्ष प्रचण्डले जनार्दन निकट नेतृ पंचा सिंहलाई अध्यक्ष बनाएर सबैलाई चकित बनाएका छन् । त्यसका साथै हालका अध्यक्ष रन्जित तामांगसहित प्रतिस्पर्धी चारै जना उनले पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय गरेको स्रोतको दावी छ ।
माओवादीमा पछिल्लो समय प्रचण्डले जनार्दन र वर्षमानलाई मिल्न नदिएर आफुले चाहेको निर्णय गर्दै आएका छन् । तर,जनार्दन पार्टीभित्र भने बलियो बनिसकेका छन् । उनको देशभरी बलियो संगठन छ ।
‘पहिलो प्रचण्डले मोहन वैद्य र बावुरामलाई भिडाएर सधैं शक्तिशाली भएर बस्नुहुन्थ्यो । अहिले कहिले वर्षमान, जनार्दनलाई एक ठाउमा राख्ने र महरा र शक्ति बस्नेतविरुद्ध लगाउने कहिले दुवैलाई किनारा लगाएर बस्नेत र महरालाई अघि बढाउने खेल खेल्नुहुन्छ ।’ माओवादीका एक नेताले काठमाण्डुपाटीसंग भने ।
माओवादीमा हेटौडा महाधिवेशनको बेला वर्षमान र जनार्दन एक ठाउंमा थिए । त्यसबेला अर्को धुव्रमा महरा र बस्नेत थिए । तयसबेला प्रचण्डले महरालाई पार्टीको महासचिव बनाए । नेकपा गठन हुनुपुर्व भने प्रचण्डले जनार्दनलाई नजिक राखेर पुन,वस्नेत र महरालाई टाढा राखेको माओवादी स्रोत बताउंछ । तर, बाहिर उनले अरुलाई भने जनार्दनले विगारेको र एमालेमै मिल्ने खोजेको आरोप लगाएर अरु नेतालाई भ्रममा राख्न खोजेको बताइन्छ ।
यसपटक अखिल क्रान्तिकारीको नेतृत्व चयनमा समेत महराको उम्मेदवार तिलक भण्डारी थिए भने पुनको उम्मेदवार सुरेन्द्र बस्नेत ।
तर,पंचाको पक्षमा जनार्दनसंगै शक्ति बस्नेत पनि लागेको माओवादी स्रोत बताउंछ । सिंह कर्णालीको भएका कारण दुवै नेताले उनलाई समर्थन गरेका हुन । त्यसले पनि प्रचण्डलाई सिंहलाई बनाउन बाध्य बनाएको हो । अर्कोतिर सिंह महिला भएको फाइदा समेत उनलाई भयो । माओवादीमा पछिल्लो समय गुटबन्दी बढेपछी उनले नेतृत्व चयनमा आफु प्रत्यक्ष संलग्न भएर त्यसको जस समेत आफुले लिन खोजेको अर्थमा धेरैले बुझेका छन् ।
‘मान्छे जनार्दनको भनिएपछि सिंहलाई बनाउन शक्ति बस्नेतको निर्णायक भुमिका देखियो । उहां र जनार्दनको कारण अध्यक्ष प्रचण्डलाई पनि निर्णय गर्न सजिलो बनाएको हो । अरु मुद्दामा जे भएपनि अखिल क्रान्तिकारीको नेतृत्व चयनमा भने उहांहरु एक ठाउंमा उभिएको देखियो ।’ माओवादी केन्द्रका एक नेताले भने ।
यसअघि अखिल क्रान्तिकारीको अध्यक्षमा भएको चुनावमा शर्मा भाई अनिल शर्मा अध्यक्षमा पराजित भएका थिए भने वस्नेत र पुनका साझा उम्मेदवार रन्जित तामांगले चुनाव जितेका थिए । हाल बस्नेत माओवादी केन्द्रको कर्णाली इन्चार्ज छन भने शर्मा अर्थमन्त्री छन् । अखिल क्रान्तिकारीमा दुवैको साझा उम्मेदवार सिंह बन्नुले दुवैबीच राम्रो सहकार्य भएको अर्थमा धेरैले बुझेका छन् ।




प्रतिक्रिया