काठमाण्डु – अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पौष ७ गते पालिका स्तरीय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।
अनेरास्ववियुको बुधवार भक्तपुरमा बसेको पदाधिकारीको बैठकले पौष १ देखी ७ गते भित्रमा क्याम्पस कमिटीको सम्मेलन गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव मर्यादा विष्टले जानकारी दिईन ।
उनकाअनुसार अखिलको बैठकले पौष १० र ११ गते केन्द्रीय सचिवालयको बैठक झापामा गर्ने, पौष १५–२२ गते भित्रमा जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने
र पौष २५ देखि माघ २ गते भित्रमा विश्वविद्यालय राष्ट्रीय कमिटीको सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
त्यसैगरी पौष १३ देखी माघ २ गते सम्म सम्पर्क कमिटीको सम्मेलन गर्ने निर्णय समेत बैठकले गरेको छ ।




प्रतिक्रिया