जेनजी अलायन्सले अख्तियार प्रमुख राई र सबै आयुक्तको राजीनामा माग्दै बुझाए पत्र

जेनजी अलायन्सले अख्तियार प्रमुख राई र सबै आयुक्तको राजीनामा माग्दै बुझाए पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर जेनजी मुभमेन्ट अलायन्स टंगाल पुगेका छन् ।

जेनजी मुभमेन्ट अलायन्सले हिजो मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वेच्छिक राजीनामाको आग्रह गरेको थियो । तर, आज उनीहरूले भौतिक उपस्थितिमै टंगालस्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् । उनीहरूले राईको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको भन्दै नयाँ निष्पक्ष मान्छे ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् ।

आयोगकाे कार्यालय परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।