काठमाडौंमा अख्तियारको स्टिङ अपरेशन, ८ लाख घुससहित डिल्लीबजार मालपोतका कर्मचारी पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसनधान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मालपोतका प्रशसकीय अधिकृतसिहत ६ जनालाई ८ लाख ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा तीनजना नायव सुब्बा र एक खरिदार पनि छन् । प्रवक्ता कोइरालाका अनुसार सामाखुसीस्थित एक पार्टी प्यालेसमा घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

कर्मचारीको टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले काठमाडौंका एक जग्गा धनीसँग जग्गाको विषयमा घुस माग्दै गर्दा पक्राउ गरेका हुन् ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement