विघटित प्रतिनिधिसभाका अर्थ समिति सभापति चालिसेविरुद्ध ४ करोड बराबरको भ्रष्टाचार मुद्दा

विघटित प्रतिनिधिसभाका अर्थ समिति सभापति चालिसेविरुद्ध ४ करोड बराबरको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका चालिसे विरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोप लगाउँदै अख्तियारले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरेको हो । चालिसे २०७९ को निर्वाचनमा काठमाण्डु ३ बाट सांसद निर्वाचित भएका थिए भने २०७४ मा गोकर्णेश्वर नगरपालिकाका मेयर बनेका थिए ।

चालिसेमाथि नगर प्रमुखको रुपमा कार्यरत रहुँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ ।

अख्तियारले चालिसे पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाएको छ ।