काठमाण्डु– बाजुरास्थित बुढीगंगा नगरपालिकाको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तत्कालीन नगरप्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथलगायत १४ जना विरुद्ध आरोप–पत्र दायर भएको छ ।
अमुक निर्माण व्यवसायीसँग मिली देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रूपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम गरेको र सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरिएको हो ।
उनीहरुसँग ३ करोड २७ लाख ७८ हजार १७१ रुपैयाँ बिगो माग दावि गरिएको छ ।




प्रतिक्रिया