नापी अधिकृत यादवविरुद्ध झण्डै ६ करोडको भ्रष्टाचार मुद्दा

नापी अधिकृत यादवविरुद्ध झण्डै ६ करोडको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा मुद्दा दर्ता गराएको हो ।

२०५३ सालमा सरकारी जागिर सुरु गरेका उनले २८ वर्षको अवधिमा एक तिहाइभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी हो ।

१४ करोड ८३ लाख रुपैयाँको सम्पत्ति जोडेका यादवले ९ करोड ३ लाख रुपैयाँ मात्रै कानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीसहित उनकी श्रीमती गायत्री यादव, छोराहरू सुधांशु यादव र शुभम् यादवविरुद्ध समेत प्रतिवादी कायम गरी विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो ।