अख्तियार ऐनबाट पछि हट्यो सरकार, संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइयो

अख्तियार ऐनबाट पछि हट्यो सरकार, संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइएको छ ।

अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त विधेयक राष्ट्रिसभाको बैठकको कार्यसूचीबाट हटाइएको जानकारी दिए ।विधेयकको चौतर्फी विरोध भइरहेकै बेला सोमबारको राष्ट्रिसभाको कार्यसूचीमा राखिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो विधेयक अघि नबढाउने बताएका थिए ।

सत्तारूढ नेकपाको सचिवालय बैठकमा यसअघि विधेयकमाथि निजी क्षेत्रको विरोधका विषयमा छलफल भएको थियो । उक्त विधेयकमा गरिएका कतिपय प्रावधान हटाउन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका थिए ।