यी हुन् पुर्वमन्त्री आलमलाई संरक्षण गर्ने नेपाल प्रहरीका १५ एसपी

यी हुन् पुर्वमन्त्री आलमलाई संरक्षण गर्ने नेपाल प्रहरीका १५ एसपी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- बम विस्फोटमा घाइते भएकालाई सुई लगाई बेहोस बनाएर जिउँदै इँटाभट्टामा हालेर सामूहिक हत्या गरिएयता १२ वर्षमा रौतहटमा प्रहरी प्रमुखका रूपमा १६ जना एसपी पुगेका छन्।

घटनालगत्तै प्रहरीले उजुरी लिनसमेत मानेन । जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा अगाडि बढाउन नमानेपछि पीडित परिवार सर्वोच्च अदालत पुगे।

सर्वोच्चले घटनालाई गम्भीर भन्दै थप अनुसन्धान गर्न आदेश दियो । तर, पटकपटक ताकेता गर्दा पनि प्रहरी हाकिम सर्वोच्चको आदेशको सम्मान होइन, आलमको संरक्षणमा लागिरहे।

घटना हुँदा रौतहटको प्रहरी प्रमुखमा लक्ष्मण न्यौपाने थिए।त्यसपछि क्रमशः जयबहादुर चन्द, घनानन्द भट्ट, पीताम्बर अधिकारी, धनश्याम अर्याल, ठूले राई, महेशविक्रम शाह, गोविन्द परियार, उमेश रञ्जितकार, सानुबाबु थपलिया, पद्युम्न कार्की, गणेश रेग्मी, यज्ञविनोद पोखरेल, रवीन्द्र केसी, भूपेन्द्र खत्री रौतहटमा एसपी भएर गए।

हालका एसपी खत्री बाहेक त्यसअघिका १५ एसपीले पीडित पक्षको न्यायको गुहार नहुनी आलमको बचाउमा लागेका थिए।

६४ को संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्न बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । २० जनाभन्दा बढीको हत्या गरिएको जघन्य अपराधको आरोप लागे पनि आलम अहिलेसम्म प्रहरीकै संरक्षणमा थिए।

पक्राउ गरी मुद्दा चलाउन सर्वोच्च अदालतले आदेश दिँदा पनि उनलाई प्रहरीले छोएको थिएन । यो १२ वर्षमा रौतहट प्रहरीको कमान्ड सम्हाल्न १६ जना एसपी जिल्लामा गए । तर, १५ जना एसपी फेरिँदासम्म अनुसन्धानमा कसैले पनि अग्रसरता देखाएनन्, उल्टै आलमलाई संरक्षण दिए। आजको नयाँ पत्रिकामा समाचार छ ।