आलमलाई ३२ वर्ष कैद सजाय माग

आलमलाई ३२ वर्ष कैद सजाय माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताएका छन् ।

उनले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्यँदै जलाएको आरोपमा मुद्दा चलाएको बताए । तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।