वायु सेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय,पर्यटमन्त्रीको पनि छानविन हुने

वायु सेवा निगमका अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय,पर्यटमन्त्रीको पनि छानविन हुने


काठमाण्डु – नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

उनलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा सरकारले गत कात्तिकमानिगमको अध्यक्षमा नियुक्त गरेको थियो । पछिल्लो समय आले र अधिकारीबीच राम्रो सम्बन्ध थिएन । पर्यटनमन्त्री आलेले अधिकारीलाई गालिगलौज र हातपात गरेको घटना सार्वजनिक भएको थियो ।

मन्त्रिपरिषदको बैठकले उक्त घटनाको समेत छानविन गर्ने निर्णय गरेको छ । आलेले अधिकारीलाई गालीगलौज गरेको अडियो असार ३ मा सार्वजनिक भएको थियो । सामाजिक संजालमा उक्त घटनाको छानविन गर्न माग भएको थियो ।