पर्यटनमन्त्री आलेको हर्कत :नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि हातपात र गालीको वर्षा

पर्यटनमन्त्री आलेको हर्कत :नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारीमाथि हातपात र गालीको वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले फेरी विवादमा तानिएका छन् । नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आलेले अश्लील शब्द प्रयोग गरी हातपात समेत गर्न खोजेपछी उनि विवादमा आएका हुन् ।

उनले फोहोर गाली गरेर अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर हातपात गरेको अडियो सार्वजनिक भएको छ । नेपाल एयरलाइन्समा ठुलो मात्रामा कर्मचारी भर्ती गर्न अधिकारीलाई दवाव दिंदै आएका थिए ।

मन्त्रीको निर्देशनअनुसार अधिकारीले केहीलाई जागिर दिएपनि केहीलाई लगाउने आश्वासन दिएका थिए । तर, ढिला भएको भन्दै मन्त्री आले उनिमाथि खनिएका हुन् ।

पर्यटनमन्त्री आलेले अधिकारीलाई पहिलो पटक फोनमा धम्की दिएका थिए । पछी उनले कार्यकक्षमै बोलाएर हातपात गरेका हुन् ।

आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ । आलेले पछिल्लो समय तारे होटल र क्यासिनाका संचालकहरुलाई फोन गरेर तर्साउने गरेको गुनासो छ ।

उनले मन्त्रीबाट हट्न लागेको सूचना पाएसंगै आर्थिक लाभ लिन खोजेको उनिहरुको गुनासो छ । आलेले पहिले तर्साउने र पछी मिलाउने गरेको स्रोतको दावी छ ।

उनलाई आजै मन्त्री पदबाट फिर्ता गर्ने तयारी छ । समाजवादीले आज उनिसहित पार्टीका सबै मन्त्री फिर्ता गरेर नयांलाई पठाउने तयारी गरेको छ । आलेको ठाउंमा पर्यटमन्त्री जिवनराम श्रेष्ठ बन्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवा आज कंचनपुरबाट फर्केपछी सांझ नयां मन्त्रीको सपथ हुंदैछ ।

आलेले यसअघि पनि कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकलाई गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो । उनको भिडियो सार्वज्निक भएलगत्तै उनको राजीनामा मागिएपनि समाजवादी पार्टी र प्रधानमन्त्री शेरबहादुर देउवाले उनको बचाउ गरेका थिए ।