नेपाली महिलाको पक्षमा बोलिन् एलिजाबेथ, भनिन् : म राष्ट्रपति निर्वाचित भएँ भने ट्रम्पको नीति उल्ट्याइदिन्छु


काठमाडौं – डेमोक्र्याटिक पार्टीकी सिनेटर एलिजाबेथ वारेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नीति परिवर्तन गर्ने बताएकी छिन् ।
नेपाली महिलाहरुको समाचार सेयर गर्दै आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए राष्ट्रपति ट्रम्पले ल्याएको नीति परिवर्तन गर्ने बताएकी हुन् ।

राष्ट्रपति ट्रम्पको नीतिको कारण नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्यमा पारेको असर विषयमा समाचार ट्विटरमा शेयर गर्दै वारेनले ट्रम्पका नीतिको कारण विश्वभरका महिलामा असर परेको बताइन् । द काठमाडौं पोस्ट र बजफिड न्युजको समाचार सेयर गर्दै वारेनले ‘ट्रम्प प्रशासनले ग्लोबल ग्याग रुलको विस्तारको विश्वभर विनासकारी प्रभाव परेको छ, दशौँ लाखले सुरक्षित प्रजनन् स्वास्थ्य पाउन सकेका छैनन् । जब म राष्ट्रपति हुन्छ, म ग्लोबल ग्याग रुल परिवर्तन उल्ट्याइदिन्छु,’ ट्वीट गर्दै उनले भनेकी छिन् ।

ग्लोबल ग्याग रुल अमेरिकी सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थालाई गर्भपतन गराउने वा रेफर गर्ने, गर्भपतन सम्बन्धी अभियान सञ्चालनको समर्थन गर्न गैर सरकारी संस्थालाई रोक्ने कानुन हो । रोनाल्ड रिगन अमेरिकाको राष्ट्रपति भएपछि सन् १९८४ मा यो कानुन ल्याएका थिए । यसलाई प्रत्येक राष्ट्रपति निर्वा्चित भएपछि निरन्तरता दिन वा उल्टाउने अधिकार हुन्छ । म्यासाच्युसेटकी सिनेटर वारेन डेमोक्र्याटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा पहिलो नम्बरमा छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement