मेयर साम्पाङलाई भेटेपछि एलिजाले छाडिन् नागरिक उन्मुक्ति

मेयर साम्पाङलाई भेटेपछि एलिजाले छाडिन् नागरिक उन्मुक्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कलाकारसमेत रहेकी एलिजा गौतमले नागरिक उन्मुक्ति पार्टी छाडेकी छन्। गत माघ १४ गते बुटवलमा उनी एक कार्यक्रमबीच नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्। तर, प्रवेश गरेको पाँच महिनामै एलिजाले नागरिक उन्मुक्ति पार्टी छाडेकी हुन् । उनले राजनीति त्यागेको घोषणा गरेकी छन् ।

उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई भेटेपछि राजनीति त्यागेको घोषणा गरेकी हुन् । धरानका मेयर साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन्।

‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा१ धरान उपमहानगरका मेयर हर्कराज राई ९साम्पाङ० को कामबाट प्रभावित छु। उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ। उहाँप्रति सधैं उच्च सम्मान छ। देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ’, उनले भनिन्।