दोस्रो विश्वयुद्ध स्पिरिटले कोरोना हार्नेछः बेलायती महारानी

दोस्रो विश्वयुद्ध स्पिरिटले कोरोना हार्नेछः बेलायती महारानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बेलायतकी महारानी एलिजावेथ द्वितियले दोस्रो विश्वयुद्धको स्पिरिटमा लकडाउन र सेल्फ आइसोलेसन बस्ने संकल्प गरे वेलायती जनताले कोरोनालाई परास्त गर्न सक्ने बताएकी छिन् ।

बेलायती नागरिकलाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘बेलायती जनताले आफ्ना पूर्वजहरुले जस्तै संकल्प देखाउन आह्वान गर्दछु ।’

सम्बोधनका क्रममा उनले दोस्रो विश्व युद्धकालीन समयमा बेलायतमा लोकप्रिय भएको गीतका शब्द पनि उच्चारण गरेकि थिइन् । ‘हामी फेरि भेट्नेछौं । राम्रा दिन फर्किनेछन्’, उनले गीतकै लयमा भनिन् ।

गायक भेरा ल्यानले सन् १९३९ मा गाएको सो गीत दोस्रो विश्वयुद्धकालमा लोकप्रिय थियो ।

‘यो रोग (कोरोना) लाई हामी साथसाथै सामना गरिरहेका छौं । म फेरि दोहोर्याउन चाहन्छु यदि हामी एकताबद्ध र दृढ संकल्पका साथ रहन सक्यौं भने यो रोगलाई जित्न सक्नेछौ,’ उनको भनाई थियो ।

६८ वर्ष लामो राज्यकालमा उनको यो पाँचौं टेलिभिजन सम्बोधन हो ।