काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले बैठक आज (सोमबार) दिउँसो २ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाएका हुन् ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै उत्पन्न पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका हुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार (हिजो) महाभियोग दर्ता गरेका छन् ।
छापामार शैलिमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याइएपछि यसको पक्ष र विपक्षमा चौतर्फी बहस सुरु भइ्एको छ ।




प्रतिक्रिया