सिंहदरवारमा सर्वदलीय बैठक जारी, एमालेद्धारा बहिस्कार

सिंहदरवारमा सर्वदलीय बैठक जारी, एमालेद्धारा बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बसिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा बसिरहेको स्रोतले जनाएको छ ।

बैठकले महाभियोग परामर्श समिति गठन गर्ने तयारी गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायतका नेताहरु उपस्थित छन् भने एमालेले बहिस्कार गरेको छ ।