काठमाण्डु – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बसिरहेको छ ।
बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलमध्य ४ दलका शीर्ष नेता सहभागी भएका छैनन् । बैठकका लागि रास्वपा सभापति लामिछाने, महामन्त्री तथा संसदीय दलका प्रमुख सचेत कविन्द्र बुर्लाकोटी, नेकपाका सहसंयोजक माधव नेपाल पुगेका छन्। नेकपाका नेता वर्षमान पुन अनन्त पनि सहभागी भएका छन् ।
तर बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित छन् ।
यसैगरी एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि सहभागी भएका छैनन् । सर्वदलीय बैठकमा एमालेले प्रमुख सचेतक एन महरलाइ पठाएको छ ।
कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे सहभागी छन् । सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।




प्रतिक्रिया