काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका बारेमा सर्वदलीय बैठकमा जानकारी गराएका छन्।
निर्वाचनपश्चात पहिलोपटक बसेको बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमणकाबारेमा जानकारी गराएको र सरकारले गरेका कामप्रतिको सुझाव दिन आग्रह गरेका हुन् ।
बैठकपछि बाहिरिएका बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकमा सभापति लामिछानेले आफूले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउनुका साथै सरकारको अहिलेसम्मका कामबारे टिप्पणी गर्न र सुझाव दिन आग्रह गरेको जानकारी दिए ।
उनले सबै दललाई भेटघाट गरेर राम्रो सुरुवात भएको बताउँदै यस्तो बैठकले निरन्तरता पाउनुपर्ने बताए ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर सहभागी छन्। यस्तै, नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजकद्वय माधवकुमार नेपाल र नेता वर्षमान पुन तथा राप्रपाका अध्यक्ष लिङ्देन सहभागी थिए ।




प्रतिक्रिया