आलम खुर्सिदको परिवारलाई १० लाखको चेकसहित सहिदको प्रमाणपत्र

आलम खुर्सिदको परिवारलाई १० लाखको चेकसहित सहिदको प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतबाट छिरेका हतियारधारी समूहले सुनसरीमा गोली हानी हत्या गरिएका खुर्सिद आलमको परिवारलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले १० लाखको चेक हस्तान्तरण गरेका छन् ।

आइतबार गृहमन्त्री थापाले आलमकी श्रीमती खतिजा खातुनलाई सुनसरीमा आयोजित एक कार्यक्रमकाबीच चेक र सहिदको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत उपस्थित थिए ।

चेक हस्तान्तरण गर्दै गृहमन्त्री थापाले अपराधी सात समुन्द्र पारि भए पनि ल्याएरै छाड्ने विश्वास समेत दिलाएका थिए। खुर्सिदको हत्या असोज ४ गते भएको थियो। भारतीय नम्बर प्लेटको मोटरसाइलकमा आएका चार जनाको समूहले आलमलाई गोली प्रहार गरी भारत प्रवेश गरेको थियो। गोली लागेका आलमको घटनास्थमलमै मृत्यु गएको थियो।

सरकारले असोज ५ गते खुर्सिदलाई सहिद घोषणा गरेको थियो भने त्यही दिन हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी मुख्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।