काठमाण्डु– ६१ किलो सुन प्रकरणमा शुक्रबार पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष पेश गरिएको छ ।
सरकारी वकिलले बयान लिएपछि उनलाई आजै जिल्ला अदालतमा पेश गरिने भएको हो ।
सम्भवत: आजै उनको थुनछेकको बहस हुने प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट २०८० साउन २ गते बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिकामा रहेकी अमला रोकाका पति दावा छिरिङसहितका प्रतिवादी अहिले पनि पुर्पक्षका लागि थुनामा राखिएका छन् ।
उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।




प्रतिक्रिया