काठमाण्डु – नेकपा एमालेले ६ वटा प्रदेश सम्पर्क कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मधेश प्रदेश बाहेक अरु सबै प्रदेश सम्पर्क कमिटीमा नेतृत्व चयन गरेको हो ।
जसअनुसार प्रदेश १ सम्पर्क कमिटीको अध्यक्षमा कपिलदेव ओली चयन भएका छन् । बागमतीमा अशोक ठकुरी, गण्डकीमा ऋषि कँडेल र लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा नारायण पाण्डे चुनिएका छन् ।
यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीमा जेबी शाही र सुदूरपश्चिम सम्पर्क कमिटीमा दलबहादुर धामी चुनिएका एमालेले जनाएको छ । एमालेले प्रदेश सम्पर्क कमिटीलाई जिल्ला कमिटी सरह मान्यता दिएको छ ।





प्रतिक्रिया