गुल्मी – नेकपा एमालेले रेसुंगा नगरपालिकाको मेयर पदको उमेदवारको रूपमा इन्जिनियर राजेन्द्र पाण्डेको नाम सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ । मंगलबार पाण्डेलाई नगरकमिटीले सर्वसम्मत उम्मेदवार बनाएपछि जिल्लामा चर्चा र ऊर्जा सुरु भएको छ ।
निजामती सेवामा ३२ वर्ष बढी सेवारत पाण्डे सहरी विकास मन्त्रालयको सिनियर डिभिजन इन्जिनियर पदबाट भर्खरै सेवा निवृत्त भएका थिए । पाण्डेले ०३५ सालबाट महेन्द्र माविको प्रारम्भिक कमिटी मार्फत राजनैतिक यात्रा सुरु गरेका हुन् ।
अनेरास्वावियू हुँदै निजामतीमा प्रवेश गरेपछि पाण्डेले कर्मचारी संगठनका विभिन्न पदमा रहेर संघर्ष गरेका छन् । उनले जनताको यो अपार माया र साथलाई सफलतामा परिणत गर्ने बताए ।




प्रतिक्रिया