यी हुन देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद

यी हुन देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन् । २२ जना सांसदमध्ये केही सांसद केपी ओली पक्षका सांसद पनि  रहेका छन् ।

उनले प्रतिनिधिसभामा १६५ मत पाएका छन् । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।