दुर्गा प्रसाईंसहित एमालेमा मनोनित ४४ केन्द्रीय सदस्यले लिए शपथ

दुर्गा प्रसाईंसहित एमालेमा मनोनित ४४ केन्द्रीय सदस्यले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यले शपथ लिएका छन् ।

यहि मंसिर २५ गतेदेखि भक्तपुरमा बसेको एमालेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले मनोनित गरेका १० प्रतिशत सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले बुधबार शपथ खुवाएका हुन् ।

एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका झापास्थित बीए एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं, अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महर, भूगोलबाट छुटेका पर्वतका पदम गिरी लगायतले स्मृति प्रतिष्ठान च्यासल पुगेर शपथ ग्रहण गरेका छन् ।

त्यस्तै चितवनमा छुटेका एमाले नेता विशाल भट्टराई र युवा संघका पूर्वअध्यक्ष रमेश पौडेलले पनि केन्द्रीय सदस्यको शपथ लिएका छन् । केन्द्रीय समितिमा मनोनित हुने ४४ जनामध्ये ७ जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेका र ३७ जना नयाँ सदस्य छन् । केन्द्रीय कमिटी बैठकमार्फत उनीहरुलाई अध्यक्ष ओलीले मनोनित गरेका थिए ।