काठमाण्डु – नेकपा एमाले बाग्मती प्रदेशले फागुन ६ र ७ गते प्रशिक्षण भेलाको आयोजना गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा केन्द्रीय स्कूल विभागसँगको सहकार्यमा बागमतीले प्रशिक्षण भेला आयोजना गरेको हो ।
भेलामा बाग्मती प्रदेशभित्रका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, जिल्ला कमिटीका पदाधिकारीहरु, नगरपालिका मेयर /उपमेयर, गाउँपालिकाका प्रमुख/उपप्रमुखहरुलाई सहभागिता हुन निर्देशन दिइसकिएको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले जानकारी दिए ।
एमालेले प्रदेश कमिटीको अधिवेशन भने स्थानीय तहको निर्वाचनपछि गर्ने भएको छ । माघ २८ र २९ गते तोकिएको ७ वटै प्रदेशको अधिवेशन एमालेको केन्द्रीय सचिवालय बैठकले स्थगत गर्ने निर्देशन दिएको हो ।




प्रतिक्रिया