काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा केहि बेरअघि बैठक सुरु भएको बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा पनि वरष्ठ नेता माधव नेपाल पक्ष सहभागी भएको छैन । नेपाल पक्षले सहमतिबिना बोलाइएको कुनै पनि बैठकमा सहभागी नहुने नेता रघुजी पन्तले जानकारी दिए । यस्तै बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छैनन् ।
प्रतिक्रिया