काठमाण्डु – नेकपा एमाले दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् । एमालेको सातौं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् ।
शर्मा जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भए भने उनका प्रत्यासी सूर्यबहादुर शाहीले मत २६३ प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा तिलकप्रसाद रिजाल तथा उपसचिवमा गंगाराम दाहाल र कलावती न्यौपाने निर्वाचित भएका छन् ।




प्रतिक्रिया