एमालेले दियो तुलसीपुर उपमहानगरमा मृतकका छोरालाई वडाध्यक्षको टिकट

एमालेले दियो तुलसीपुर उपमहानगरमा मृतकका छोरालाई वडाध्यक्षको टिकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएको छ ।