स्थानीय तहमा निर्वाचित एमालेका जनप्रतिनिधिबाट २० बुँदे संकल्प जारी


काठमाण्डु – गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका नेकपा एमालेका जनप्रतिनिधिहरुले २० बुँदे संकल्प जारी गरेका छन् ।

एमालेले स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई काठमाण्डुमा दुई दिने प्रशिक्षण दिएको थियो । बिहीबार र शुक्रबार भएको प्रशिक्षण पछि उनीहरूले कार्यकालको पाँच वर्षमा के–के गर्ने भन्ने विषय समेटेर २० बुँदे काठमाण्डु संकल्प जारी गरेका हुन् ।

जारी संकल्पको पहिलो बुँदामा ‘हामी शासक होइन, जनताका सेवक हुनेछौं’ लेखिएको छ । एमालेले वैशाख ३० मा भएको निर्वाचनमा ७५२ पालिकामध्ये २०५ मा प्रमुख/अध्यक्ष र २४० मा उपप्रमुख/उपाध्यक्ष जितेको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement