एमालेले सोध्यो कैलाली जिल्ला अध्यक्ष थापालाई २३ बुँदे स्पष्टीकरण

एमालेले सोध्यो कैलाली जिल्ला अध्यक्ष थापालाई २३ बुँदे स्पष्टीकरण


काठमाण्डु – स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा एमालेले कैलालीका जिल्ला अध्यक्ष रतन थापालाई स्पष्टीकण सोधेएको छ । जिल्ला कमिटी इन्चार्ज नारदमुनी रानाले पत्र पठाउँदै उनलाई २३ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

लम्कीचुहा नगरपालिकामा प्रमुखका उमेदवार महादेव बजगाईं र उपप्रमुखका उमेदवार जुना चौधरीसहित केही वडा अध्यक्षलाई हराउने योजना बनाएको आरोप लागेका थापालाई एमालेले ३ दिनभित्र जवाफ दिन भनेको छ ।

‘तपाईंको बसोबास रहेको लम्कीचुहा नगरपालिकाको वैशाख ३० को निर्वाचनमा तपाईंले प्रमुख पदका उमेदवार महादेव बजगाईं र उपप्रमुख पदका उमेदवार जुना चौधरीसहित केही वडा अध्यक्षहरूलाई हराउने योजना बनाई अन्तर्घात गरेको भन्ने लुम्कीचुहा नगरपालिका निर्वाचन परिचालन मूल समितिको मिति २०७९/०२/२२ गतेको समीक्षा बैठकको निर्णय र प्रतिवेदन र घोडाघोडी नगरपालिका निर्वाचन मूल परिचालन समितिको मिति २०७९/०२/२६ गतेको समीक्षाको निर्णय र नोटको आधारमा तपाईंमाथि थुप्रै आशंका उठेकाले यस सम्बन्धमा तपाईंको भनाई के हो ?  तपाईंले निर्वाचनमा असहयोग, अन्तर्घात गरेको हो होइन ? उक्त प्रतिवेदनहरूबाट केही गम्भीर सवालहरू उठेकाले निम्न प्रश्नहरूको तपाईंले सन्तोषजनक जवाफ ३ दिनभित्र जिल्ला पार्टी कार्यालयलाई उपलब्ध गराई दिन निर्देशित गरिन्छ,’ पत्रमा भनिएको छ ।