कपिलबस्तु बन्यो एमालेको किल्ला : अध्यक्ष ओलीले भित्र्याए वडाध्यक्ष, सांसद, पूर्वमन्त्री लगायत हजाराैं कार्यकर्ता

कपिलबस्तु बन्यो एमालेको किल्ला : अध्यक्ष ओलीले भित्र्याए वडाध्यक्ष, सांसद, पूर्वमन्त्री लगायत हजाराैं कार्यकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका हजाराैं नेता–कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

कपिलवस्तु सदरमुकाम तौलिहवामा आयोजित एक कार्यक्रमकाबीच एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा समाहित हुने हजारौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव पनि एमाले प्रवेश गरेका छन् ।

यस्तै सोही पालिकाका, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहसहित ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आजको यो पार्टी प्रवेशसँगै कपिलबस्तु एमालेको किल्ला बनेको छ ।