एमालेको चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ सार्वजनिक


काठमाण्डु – नेकपा एमालेको चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीत सार्वजनिक भएको छ ।

पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको हो ।

गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् । चर्चित गायक खाँण नेपाली कांग्रेस निकट मानिन्छन् । एमालेले यसपटक लोकप्रिय कलाकारहरु समेटर चुनावी गीत ल्याएको हो । डिम प्रसाद पौडेल, राजेन्द्र सापकोटा लगायत निर्माता रहेको सो गीतमा चर्चित मोडलहरुले अभिनय गरेका छन् ।

सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ, गंगा पुन, भिमु गुरुङ, लक्ष्मी खड्का, माया पर्दे, डोलराज मगर, प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement