काठमाण्डु – १७ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको औं महाधिवेशन सम्पन्न भएको छ । एमालेले चितवनमा मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशन आज (मंसिर १४ गते) समापन गरेको हो । महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।
नयाँ कमिटीको सपथ ग्रहणका लागि आयोजित समारोहमा उपमहासचिव प्रदीप ज्ञवालीले १७ बुँदे प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावलाई बन्दसत्रले पारित गरेको छ । महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । तीनवटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो ।
महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ । त्यस्तै एमालेलाई अग्रगामी रुपान्तरणको नेतृत्वदायी तथा निर्णायक शक्तिका रुपमा स्थापित गर्न वैचारिकरुपमा थप सुस्पष्ट, संगठनात्मकरुपमा थप व्यवस्थित र सुदृण तथा भावनात्मकरुपमा आत्मिय र अनुशासित बनाउने संकल्प पनि महाधिवेशनले गरेको छ ।
यस्ता छन् एमाले महाधिवेशनले पारित गरेका १७ प्रस्तावः
१.सहिदप्रति श्रद्धाञ्जली
२. पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान श्रद्धासुमन अर्पण
३. नौंऔं महाधिवेशन यता दिवंगत भएका नेता कार्यकर्ताप्रति श्रद्धाञ्जली अर्पण
४. महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्बद्धता
५ जनविरोधी काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण
६ बेमौसमी वर्षाका पीडितलाई राहतको जोडदार माग
७ शान्ति प्रक्रिया चोड टुंग्याउन र पीडितलाई परिपूरणाको व्यवस्था गर्न माग
८ परराष्ट्र नीतिमा गठबन्धनको सरकारका परस्पर विरोधी नीतिको विरोध
९ नागरिक न्याय पाउने अधिकार बन्चित भएकोप्रति निन्दा
१० नेपाल विकासील मुलुकका स्तरउन्ती भएकोमा राष्ट्र संघलाई धन्यवाद
११ एमाले १० औं महाधिवेशन भएका पदाधिकारीलाई धन्यवाद
१२ १४ समावेशी पार्टी बनाएर लैजाने संकल्प
१३ निर्वाचनको तयारीमा लाग्न र संगठन विस्तारमा लाग्न निर्देशन
१४ राष्ट्र र जनताको हितमा प्रभावकारी भूमिका खेल्ने
१५ जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कुरा नारालाई आत्मा साथ गर्ने
१६ राष्ट्रिय स्थायित्वका लागि एमालेमा आबद्ध हुन आह्वान हुन आग्रह
१७ महाधिवेशनमा सहभागी सबैलाई हार्दिक आभार




प्रतिक्रिया