मोती दुगडले पाए एमाले उद्योग विभाग प्रमुखको जिम्मेवारी, उपप्रमुखमा प्रसाईं

मोती दुगडले पाए एमाले उद्योग विभाग प्रमुखको जिम्मेवारी, उपप्रमुखमा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – व्यवसायी मोतीलाल दुगडले नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

हालै भक्तपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

दुगडलाई केपी शर्मा ओली ओलीले आफु प्रधानमन्त्री हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका उनी ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार थिए ।

त्यस्तै विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन् ।