एमालेका तीन नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओली ‘कन्ट्याक ट्रेसिङ’मा

एमालेका तीन नेतामा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओली ‘कन्ट्याक ट्रेसिङ’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका तीन केन्द्रिय नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली कन्ट्याक  ट्रेसिङमा परेका छन् ।

नेताहरु टोपबहादुर रायमाझी, खिमलाल भट्टराई र विष्णु रिजालमा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओली लगायत बालुवाटार बैठकमा सहभागी भएका अन्य नेताहरु कन्ट्याक ट्रेसिङमा परेका हुन् । सोमबार कोरोना संक्रमण पुष्टि भएका नेता रायमाझी मंगलबार उपचारका लागि सैनिक अस्पताल भर्ना भएका छन् । त्यस्तै भट्टराई र रिजाल भने होम आइसोलेसनमा बसेका छन् ।

वैशाख १० गते एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बसेको थियो । उक्त बैठकमा उनीहरु सहभागी थिए । उर्जामन्त्री समेत रहेका रायमाझी भने त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी थिए ।