काठमाण्डु – नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
एमाले ललितपुरका पूर्वअध्यक्ष समेत रहेका सिलवाललाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एसको केन्द्रीय कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सिलवाललाई प्रवेश गराइएको समाजवादीका केन्द्रीय सदस्य अमृतनाथ तिमिल्सिनाले जानकारी दिए ।




प्रतिक्रिया