एमाले बाराका दुई नेता माओवादीमा प्रवेश

एमाले बाराका दुई नेता माओवादीमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेकपा एमाले बारा जिल्लाका दुई नेता नेकपा माओवादी केनद्र प्रवेश गरेका छन् । बारामा निवर्तमान जिल्ला कमिटी सदस्य केदार गौतम र आदर्श कोतवाल गाउँपालिका अध्यक्षका प्रत्यासी एवम् एमाले जिल्ला कमिटी सदस्य लालबाबु प्रसाद यादव माओवादीमा प्रवेश गरेका हुन् ।

उनीहरुसँगै एमाले निजगढ नगरकमिटी सदस्य मोहन डिसी, अर्का एमाले कार्यकर्ता रमेश गौतम र राष्ट्रिय युवा परिषद मधेस प्रदेश सञ्जालका संयोजक श्याम शाह निजगढ नगरपालिका–१२ निवासी जसपानिकट गलैँचा श्रमिक संघ संगठनका केन्द्रीय सहसचिव किरण लामा, बुद्ध थिङ, निजगढ नगरपालिका–१२ निवासी बाबु थिङ पनि माओवादीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारस्थित निवासमा स्वागत गरेका छन् ।