निर्वाचन आचारसंहितामा त्रुटि : एमालेका नेताहरु आयोग जाँदै, ‘रिजर्भेसन’सहित धारणा राख्ने

निर्वाचन आचारसंहितामा त्रुटि : एमालेका नेताहरु आयोग जाँदै, ‘रिजर्भेसन’सहित धारणा राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेताहरु निर्वाचन आयोग जाँदै छन् । पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेका नेताहरु दिउँसो १ बजे आयोगको कार्यालय जाने भएका हुन् ।

निर्वाचन आयोगले भोलिदेखि स्थानीय तह निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । सो आचारसंहितामा त्रुटि रहेको भन्दै एमालेले आयोगको ध्यानाकर्षण गराउन लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

 ‘एमालेले निर्वाचन आचारसंहितमा रहेका केही विषयमाथि प्रश्न उठाएको छ, सोही विषयमा ‘रिजर्भेसन’सहित हामी आफ्नो धारणा राख्छौं,’ उनले भने ।

यसअघि मंगलबार आयोगले स्थानीय निर्वाचनमा भाग लिने दलहरुलाई निर्वाचन आचारसंहितामा छलफलका लागि बोलाएको थियो । तर, बैठकमा होहल्ला भएको भन्दै एमालेले प्रतिबद्धतापत्रमा हस्ताक्षर नगरी फर्किएको थियो ।

आयोगले छलफलपछि पास गरेको आचारसंहितामा उम्मेदवार, राजनीतिक दलका भ्रातृ संगठन लगायतले प्रचार प्रसार गर्न नपाउने व्यवस्था राखिएको छ । सो व्यवस्थाप्रति एमालेले आपत्ति जनाएको हो ।