प्रदेश १ : गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका शेर्पा विजयी

प्रदेश १ : गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका शेर्पा विजयी


विराटनगर – राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश १ नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।

अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले ४३६८ मत प्राप्त गरेका छन् ।

यता महिलातर्फ भने नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारी र राप्रपाकी रन्जु प्याकुरेललाई हराउँदै राई विजयी भएकी हुन् ।