मतदानका लागि आधा घण्टा समय थप गरियो

मतदानका लागि आधा घण्टा समय थप गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान जारी छ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको थियो ।

बिहान १० बजेसम्मका लागि तोकिएको मतदानको समयमा आधा घण्टा थप गरिएको एमाले निर्वाचन आयोग सदस्य बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार १०ः३५ बजेसम्म २ हजार ६९ जनाले मतदान गरेका छन् ।

२ हजार १७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खस्न सक्ने सम्भावना रहेको छ ।

५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भइसकेको र अहिले १० वटा क्लस्टरमा मात्र भोटिङ भइरहेको दाहालले जानकारी दिए । मत गणना गर्न १ देखि २ घण्टा लाग्ने उनको भनाइ छ ।