काठमाण्डु – नेकपा एमालेले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्ने भएको छ ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले कांग्रेसले सभामुख अग्नि सापकोटालाई पदबाट हटाउन महाअभियोग ल्याए सहयोग गर्ने बताएका हुन् ।
बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने समेत बताए ।
उनले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने पनि बताए । एमसीसी आफ्नो विषय नभएको भन्दै नेकपा एमाले मौन बसेको छ ।
आफ्नो पार्टी विभाजनमा मूख्य भूमिका खेलेको भन्दै एमाले सभामुख सापकोटासँग रुष्ट छ । एमालेले सभामखु सापकोटाको राजीनामा माग गर्दै संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आइरहेको छ ।




प्रतिक्रिया