फागुन २ गतेकाे संसद बैठक सार्न एमालेको आग्रह

फागुन २ गतेकाे संसद बैठक सार्न एमालेको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ ।

एमालेले विराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय भेला र संसद बैठक एकैपटक जुध्ने भएपछि एमालेले बैठक स्थगित गर्न माग गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठक सार्न आफूले सभामुखलाई आग्रह गरेको जानकारी दिए ।

‘दुई गते कार्यक्रम जुधेकाले एक दिन पर सार्न आग्रह गरेका हौं । त्यसमा अन्यथा केही छैन,’ उनले भने । यसअघि माघ २६ गते बोलाइएको संसद बैठक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले फागुन २ गतेसम्मलाई सारेका छन् । पछिल्लो समय नेकपा एमालेले सभामुख सापकोटाको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।