काठमाण्डु – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले आज दिउँसो ३ बजे नयाँ बानेश्वरमा बस्नेगरि संसदीय दलको बैठक आह्वान गरेको हो ।
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफरिस गरेको थियो । त्यसको भोलिपल्टै एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदतमा दर्ता भएको महाअभियोगलाई लम्ब्याउने ‘प्रपन्च’स्वरुप संसद अधिवेशन अन्त्य गरिएको एमालेले आशंका गरेको छ । त्यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
‘सरकारको नियतमाथि शंका देखिएको छ’, नेम्वाङले भने, ‘यसरी हठात् संसद अधिवेशन अन्त्य गर्नुका पछाडिको कारण खतरनाक हुनसक्छ । त्यसबारे छलफल गर्न र निर्णय लिन दलको बैठक बोलाइएको हो ।’




प्रतिक्रिया