निर्वाचनको घोषणापत्र बनाउन एमालेको कार्यदल गठन

निर्वाचनको घोषणापत्र बनाउन एमालेको कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन ७ सदस्यीय कार्यदल गठन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदिप ज्ञवाली,विष्णु रिमाल,नेताहरु देवेन्द्र दाहाल,मनोजजंग थापा,पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली छन् ।

उनीहरुले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउनेछन् ।