एमालेले माग्यो स्थानीय तहको घोषणा–पत्रमा सल्लाह सुझाव

एमालेले माग्यो स्थानीय तहको घोषणा–पत्रमा सल्लाह सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आसन्न स्थानीय तहको चुनावका लागि पार्टीले तयार पार्ने घोषणा पत्रमा सल्लाह र सुझाव माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटीको पहिलो बैठकले आगामी वैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेले बनाउने स्थानीय तहको प्रतिवद्धता तथा घोषणा पत्रमा समेट्नका लागि सल्लाह र सुझाव माग गरेको हाे ।

सुझाव दिन चाहनेहरुले इमेल मार्फत त्यस्तो सुझाव दिन सक्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । गुरुङका अनुसार सुझाव दिन चाहनेले [email protected] मा इमेल गर्न सक्नेछन् ।

प्रतिवद्धता पत्रका लागि एमालेले चैत १६ गते भर्चुअल अन्तरक्रिया समेत राखेको बताउँदा उनले केन्द्रीय नेताहरू भौतिक रूपमा तथा प्रदेश, जिल्ला र पालिकाका नेताहरू भर्चुअल रूपमा उपस्थित हुने जनाए ।

केन्द्रीय घोषणा पत्रको मस्यौदा तयार भइसकेको र स्थायी कमिटी सदस्यले चैत २० सम्म त्यसमा लिखित सुझाव दिने गुरूङले बताए ।