एमालेको सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगाउने

एमालेको सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेको भोलिपल्ट एमालेले सचिवालय बैठक डाकेको हो ।

सल्लाहकार परिषद्को बैठक पनि बस्दै

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेको हो ।